रूसमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

काठमाडौं ,७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा १५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ७० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १५ हजार १ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ११८ जनामा संक्रमण पुष्टि भएपछि संक्रमित संख्या ८ लाख ९२ हजार ६१४ पुगेको छ ।१ लाख ८० हजार ९७२ जनाको उपचार भइरहेको छ भने ६ लाख ९६ हजार ६८१ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।