बाँकेमा मंगलबार थप २६ जनामा कारोना पुष्टि
प्रकासित मिति : २०७७ श्रावण २७, मंगलवार १२:५७
प्रकासित समय : १२:५७
बाँके, मंगलवार थप २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २६ जनामा संक्रमण देखिएको हो ।
योसँगै बाँकेमा संक्रमितको संख्या ६ सय ५७ पुगेको छ । तीमध्ये चार सय पाँच जना उपचारपछि घर फर्किसकेका छन् । बाँकेमा कोरानाबाट दुई महिलासहित तीन जनाको मृत्यु भएको छ ।