प्रहरी र सशस्त्रका ५४१ जनामा कोरोना संक्रमण
प्रकासित मिति : २०७७ श्रावण २६, सोमबार १२:२०
प्रकासित समय : १२:२०
काठमाडौं, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५४१ जनामा कोरोना संक्रमण देखिएको छ । नेपाल प्रहरीका ३६९ र सशस्त्र प्रहरीका १७२ जना गरी ५४१ जनामा कोरोना संक्रमण पाइएको हो ।
प्रहरीका १४९ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका ८८ जना डिस्चार्ज भएका छन् । प्रहरीमा हाल २२० जना सक्रिय संक्रमित छन् ।
जसमध्ये प्रहरी प्रधान कार्यालयकै ११६, काठमाडौं उपत्यकाका १४, प्रदेश १ का २१, प्रदेश २ का ३६, वाग्मती प्रदेशका २, गण्डकी प्रदेशका १९, प्रदेश ५ का ११ र सुदूरपश्चिम प्रदेशका एकजना छन् ।
यस्तै सशस्त्र प्रहरीतर्फ ८४ जना सक्रिय संक्रमित छन् । जसमध्ये प्रदेश १ का ६३, प्रदेश २ का १८ र वाग्मती प्रदेशका तीनजना संक्रमित छन् ।

