दाङको महेन्द्र बहुमुखी क्याम्पस प्रमुखको टेबल, कुर्सीमा आगजनी
दाङ , आंशिक प्राध्यापकहरूले दाङको महेन्द्र बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाउनुका साथै फर्निचर तोडफोड गरी क्याम्पस प्रमुखको नेम प्लेटमा समेत आगजनी गरेका छन् । उनीहरूले आइतबार बिहान क्याम्पस प्रमुख दिपाकर शर्मालाई बाहिर निकालेर र्यकक्षमा तालाबन्दी गरेका हुन् ।
उनीहरुको नारामा समान कामको समान ज्याला, कोरोना होईन भोकले मरिन्छ, १४ वर्षसम्म त्रि वि लाई गरेको योगदान कमन्डलु उपहार, अन्तराष्टिय श्रम कानुन लागु गर, वौद्धिक शोषण अन्त्य गर जस्ता नारा लगाउदै क्याम्पस प्रमुखको कार्यकक्षमा पुगेका थिए । क्याम्पस प्रमुखलाई विज्ञप्ति सुनाएर वुझाए लगत्तै क्याम्पस प्रमुखको नेम प्लेट, कुर्सी टेबल, शोफा लगाएत फर्निचरका सामाग्री तोडफोड गरी आगो लगाएका हुन्
नेपाल आंशिक प्राध्यापक संघले लामो समयदेखि आंशिकका रूपमा पढाइरहेकालाई करारमा नियुक्ति गर्नुपर्ने माग गर्दै आएको छ । माग सुनुवाइ नभएपछि ताला लगाउनुपरेको संघका अध्यक्ष वालकृण डाँगीले बताए । झन्डै चार वर्षअघि सरकारले एक वर्ष आंशिक शिक्षण गरेकालाई करार नियुक्ति दिनुपर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि त्रिभुवन विश्वविद्यालय कार्यकारी सभाले गठन गरेको कार्यदलले समयमा प्रतिवेदन नबुझाएपछि आंशिक प्राध्यापक फेरि आन्दोलित भएका हुन् ।
दाङको महेन्द बहुमुखी क्याम्पसमा मात्रै ४२ जना आंशिक प्राध्यापक छन् ।‘आवश्यकताका आधारमा करार गर्ने प्रतिबद्धताकै कारण क्याम्पसले पनि स्वायत्ततामा जाने निर्णय लिइसकेको छ ।’ यसअघि पटकपटक धर्ना बसेका आंशिक प्राध्यापकको माग सम्बोधन गर्न त्रिविले अनुगमन समिति गठन गरेको थियो ।
उक्त समितिले दिएको प्रतिवेदनउपर छलफल गरी कार्यकारी सभामा एजेन्डा लैजान अर्को समिति गठन भएको छ । नयाँ नियुक्ति भएका त्रिवि पदाधिकारीले आफूहरूको माग तत्काल सम्बोधन गर्नुपर्ने आंशिक प्राध्यापकहरूले बताएका छन् । फागुनदेखि पारिश्रमिक समेत नपाएको उनीहरूको गुनासो छ ।
माग पूरा नभए भोली देखी क्याम्पसका कक्षा र लेखाशाखामा पनि ताला लगाउने संघका सचिव दुर्लभ श्रेष्ठले बताए । आइतबारै संघका केन्द्रीय अध्यक्ष महेशकुमार गजुरेल र सहअध्यक्ष नरेन्द्रप्रसाद भण्डारीले विज्ञप्ति प्रकाशित गरी माग पूरा गर्न ध्यानाकर्षण गराएका छन् ।