आरोग्य पानि उद्योगको रामलिला लकडाउन अबधिमा महिला कर्मचारीलाई निकाल्यो

दाङ , दाङकाे आरोग्य ब्राण्डको प्रोसेष्ड ड्रिङ्किङ्ग वाटरमा किरा भेटिएपछि विवादमा तानिएको आरोग्य मिनरल वाटर एण्ड जुस उद्योग तुलसीपुरले दुईजना कर्मचारीलाई जागिरबाट निकालेको छ । 

केही दिनअघि आरोग्य ब्राण्डको प्रोसेस्ड ड्रिङ्किङ्ग वाटरमा किरा भेटिएको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण भएपछि उद्योगले आन्तरिक ईन्वयरिका क्रममा छलफलमा दुई महिलाहरुले आफ्नो धारणा नराखी मौन रहेको आरोप लगाउँदै दुई कर्मचारीलाई जागिरबाट निकालिएको आरोग्य मिनरल वाटर एण्ड जुस उद्योगका संञ्चालक अनोदकुमार देवकोटाले बताए।

किरा कसरी पर्यो भन्ने बिषयमा डाकिएको स्टाफ बैठकमा मौन रहेका २ जना महिला कर्मचारीलाई कामबाट हटाएका छौ” देवकोटाले भने ।  कम्पनि व्यवस्थापन समितिले कर्मचारीहरुकै लापर्वाहीका कारण किरा परेको हुनसक्ने भन्दै आन्तरिक ईन्क्वायरी गरेको उद्योगले जनाएको छ ।

कम्पनिको आँकलनमा उद्योग बिभै कामगर्नै मजदुरुहरुले सिल प्याक बोटलमा किरा प्याकगरी बजारमा पठाएको हुनसक्ने संञ्चालक देवकोटाको दाबी छ ।  कम्पनीमा कार्यरत १२ देखी १८ जना कर्मचारी उद्योगका अनुसारहरुलाई नियुक्ति पत्र नदिएर काममा लगाएको भेटिएको छ ।  “कुनैपनि कर्मचारीलाई नियुक्ति पत्र दिईएको छैन ”उद्योगमा कार्यरत एक मदजुरले भने ।