मेडिकल कलेज कोहलपुरमा उपचाररत एक महिलाको कोरोनाबाट मृत्यु
प्रकासित मिति : २०७७ श्रावण २५, आईतवार १८:२४
प्रकासित समय : १८:२४
नेपालगन्ज,बाँके मेडिकल कलेज कोहलपुरमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आईतबार दिउँसो ३ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका उपनिर्देशन डा. दिनेश श्रेष्ठले जानकारी दिएका छन ।
निमोनिया र प्रेसरको समस्या देखिएपछि ति महिलालाई श्रावण २३ गते अस्पताल भर्ना गरीएको थियो । उपचारकै क्रममा स्वाव परिक्षण गराउँदा कोरोना संक्रमण देखिएकी महिलाको उपचारकै क्रममा आज दिउँसो मृत्यु भएको डा. श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मृतक महिलाको सम्पर्कमा आएका डाक्टर, नर्स र सफाई कर्मचारी गरी ८० जनालाई क्वारेन्टाईनमा राखिएको छ ।
कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शव ब्यवस्थापनकालागि नेपाली सेनासँग समन्वय भईरहेकाले आजै शव ब्यवस्थापन गरीने डा. श्रेष्ठले जानकारी दिए ।