बाँकेमा आइतवार थप ४६ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ श्रावण २५, आईतवार १६:०५
प्रकासित समय : १६:०५
बाँकेमा कोरोना संक्रमणको संख्या दैनिकरुपमा थपिदै गएको छ । बाँकेमा आइतवार थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ४६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले फेसबुकमार्फत त्यसको पुष्टि गर्नुभएको छ । संक्रमितमध्ये प्रहरी कर्मचारीको संख्या समेत धेरै छ
आइतवार थप भएका संक्रमित सहित बाँकेमा कूल संक्रमितको संख्या ६ सय १५ पुगेको जिल्ला स्वास्थय कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।