बर्दिया, कैलाली र कञ्चनपुरमा भारी वर्षा

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर तथा प्रदेश ५ को बर्दियाका धेरै स्थानमा शनिबार रातिदेखि अति भारी वर्षा भएको जानकारी दिँदै जल तथा मौसम पूर्वानुमान विभागले सतर्क रहन आग्रह गरेको छ।

अहिले बिहान बाढी अलर्ट जारी गर्दै विभागले टीकापुर र आसपासको क्षेत्र डुबानको उच्च जोखिममा रहेको जनाएको छ।

कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली तथा चौधर नदीको तटीय क्षेत्रमा सतर्क रहन राति २ बजे नै एसएमएस पठाइएको छ। थप वर्षा हुने भएकाले सतर्क रहन विभागले भनेको छ।