बाँकेमा शनिवार थप २० जनामा कोरोना पुष्टि

 नेपालगन्ज, बाँके भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये बाँकेका २० जना भने दुई जना बर्दियाका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाका १६ जना र कोहलपुरका चारजनामा भाइरस संक्रमण पुष्टि भएको छब । कोहलपुर नगरपालिका ११ का तीनजना र वडा नं.५ का एकजना रहेका छन् । पछिल्लो २४ घण्टामा तीनसय नमुना परीक्षण गर्दा २२ जनामा भाइरस पुष्टि भएको हो ।