आकासियो सुनको मूल्य
प्रकासित मिति : २०७७ श्रावण २३, शुक्रबार ११:३५
प्रकासित समय : ११:३५
काठमाडौं, लगातार सुनको मूल्य आकासिदै गएको छ । शुक्रबार पनि सो प्रक्रिया कायमै रह्यो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा एक हजार रुपैयाँले बढेर एक लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि बिहिबार सुन एक लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा ६० रुपैयाँले बढेर एक हजार ४ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।