फरक ग्रुपको रगत चढाउँदा २० वर्षीया एक सुत्केरीको मृत्यु
प्रकासित मिति : २०७७ श्रावण २३, शुक्रबार १४:२६
प्रकासित समय : १४:२६
काठमाडौं, जनकपुरस्थित रामजानकी अस्पतालमा सुत्केरीलाई चिकित्सकले गलत रगत चढाएपछि मृत्यु भएको छ ।
हिजो सुत्केरी भएकी महोत्तरीकी २० वर्षिया गंगा महतोलाई ओ पोजेटिभ रगत आवश्यक भएकोमा चिकित्सकले बी पोजेटिभ रगत चढाएका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको धनुषाका एसपी रमेश बस्नेतले बताए । मुत्युपछि एक चिकित्सकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।
हिजो अपरेसन गरेर बच्चा निकालेपछि सुत्केरीलाई रगत अभाव भएको थियो । रगत चाहिने भएपछि चिकित्सकले रक्तसञ्चार केन्द्रमा रगत लिन पठाएका थिए। रक्तसञ्चार केन्द्रले गतल रगत दियो कि चिकित्सकले गतल रक्त समूह ल्याउन भनेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।