संघीय संसद सचिवालका प्रवक्तामा कोरोना संक्रमण पुष्टि

काठमाडौंं, संघीय संसदका प्रवक्ता समेत रहेका सहसचिव डा रोजनाथ पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत मंगलबार वीर अस्पतालमा उनको स्वाव संकलन गरिएको थियो । पाण्डेलाई संक्रमण पोजिटिभ देखिएको सांसद मिना सुब्बाले रातोपाटीलाई जानकारी दिइन् ।२ साताअघि प्रतिनिधिसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले सांसद प्रदीप यादवको संयोजकत्वमा ३ सदस्य उपसमिति बनाई तराईका जिल्लामा वन अनुगमनका लागि पठाएको थियो ।

अन्य सांसदहरु मिना सुब्बा, प्रेम आलेसहित अन्य ३ कर्मचारीको नेगेटिभ रिपोर्ट आएको छ ।जनता समाजवादी दलका सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएपछि संसद सचिवालयका कर्मचारीको स्वाव लिइएको थियो । सांसद यादव चढेको गाडिका ३ नै जनालाई कोरोना संक्रमण भएको थियो । वैज्ञानिक वन क्षेत्र व्यवस्थापनमा भएको कमजोरीमाथि उजुरी परेपछि संसदीय उपसमितिको टोली सिन्धुली हुँदै बारा, पर्सासम्म पुगेको थियो ।