पहिलो पटक नेपालमा अपांगता प्रतिभा अवार्ड हुने
काठमाडौं, नेपालमै पहिलोपटक फरक क्षमता अपाङ्गता भएका व्यक्तिहरुकालागि अपाङ्गता प्रतिभा २०२० आयोजना हुने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दे दिव्यज्योति फाउण्डेसन नेपाल र चिल्ड्रेन गार्डेन एकेडेमि काठमाडौको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको जानकारी दिइएको हो ।
प्रतियोगिताको लागि भदौ २७ गते प्रदेश ३ को चितवन र काठमाडौंमा प्रतिभा छनोट हुने छ । प्रतियोगिताका लागि देशका सातै वटा प्रदेशका मुख्य शहरहरु विर्तामोड, इटहरी, जनकपुर, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीबाट फरक क्षमता भएका विभिन्न विधाका प्रतिभा छनौट गरीने आयोजकले जनाएको छ ।
सातै प्रदेशबाट छनौट भएका विभिन्न विधाका प्रतियोगीहरुको फाइनल भने काठमाडौंमा हुने छ । प्रतियोगीतामा नृत्य, गायन र चित्रकलाका विधामा प्रतिष्पर्धा गरिनेछ । जसमध्ये उत्कृष्ट हुने प्रतियोगीले उपाधि जित्नुका साथै नगद रु एक लाखसहित मुस्ताङ् भ्रमणको मौका पाउने छन्।
यस्तै दृतिय र तृतीय विजेताले नगद पुरस्कारका साथै आकर्षक पुरस्कार पाउने छन् ।
प्रतिभा कार्यक्रमको संयोजक र व्यवस्थापन अपांग विश्व साइकल यात्री चित्र पौडेल र रस्मी शाक्यले गर्ने भएका छन् । समूह व्यवस्थापन युनिक भिजक इन्टरटेनमेन्ट र लायन्स क्लब अफ काठमाडौं, राइजिङ ड्रिमले गर्ने छन ।
विधमान कोरोना महामारीको जोखिमपूर्ण परिस्थितीलाई ध्यानमा राख्दै, सामाजिक दुरी कायम गरी कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।