मुख्यमन्त्री शाही पहिरो पिडितलाई चामल बोकेर कालिकोट तर्फ हान्निए
सुर्खेत,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाही र आन्तरीक मामलामन्त्री नरेश भण्डारी कालिकोटका पहिरो पिडितलाई राहत स्वरुप चामल लियर कालिकोट प्रस्तान गरेका छन । बिहिबार मुख्यमन्त्री शाही आन्तरीक मामलामन्त्री भण्डारी सुर्खेत देखि कालिकोट प्रस्तान गरेका हुन ।
कालिकोटको विभिन्न क्षेत्रमा बर्षाको झरिसंगै धेरैको ज्यान गएको र सयौ घरपरिवार विस्थापित भएका छन । उनिहरुलाइ ३ महिना पुग्ने खाद्यन्नकाे ब्यवस्थासहित प्रदेश सरकारकाे तर्फबाट हस्तान्तरण गर्न हिडेका हुन ।
कालिकोटका बिभिन्न स्थानिय क्षेत्र रास्कोट नगरपालिका,सान्नित्रिबेनि र नरहरिनाथ गाउँपालिकाका पिडितहरुलाई ३ महिना पुग्नेगरी चामल लियर मुख्यमन्त्री शाही आन्तरीक मामलामन्त्री भण्डारी कालिकोट प्रस्तान गरेकाे मुख्यमन्त्री सचिवालयले जानकारि दिएकाे छ । मुख्यमन्त्री शाहीले चामलसंगै समाजसेविहरुले सहयोग गरेकाे राहत प्याकेज पनि आफुले साथमा लिएर गएको कुरा बताएका छन ।
मुख्यमन्त्री शाहिले कर्णालीका कुनैपनि नागरिकले भोगको कारणले मर्नुनपर्ने र सदैब कर्णालिका नागरिक संग कर्णाली सरकार नजिक रहेको कुरा वताएका छन ।