बाँकेको भेरीमा गरिएको परीक्षणमा ४२ जनामा कोरोना पुष्टि

 नेपालगन्ज, बाँके  भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ४२ जनामा कोरोना भाइरस  पुष्टि भएको छ ।
पछिल्लो ४८ घण्टामा ५ सय ९० जनाको नमुना परीक्षणमा बाँकेका २८ र बर्दियाका १४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

४८ घण्टाको नतिजामा बाँकेका १२ महिलासहित २८ जनामा संक्रमण देखिएको छ । भेरी अस्पतालले दिएको जानकारी अनुसार, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत एकजना चिकित्सकमा समेत भाइरस संक्रमण पुष्टि भएको छ । १४ जना भने बर्दियाका हुन् ।