ओम अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ श्रावण २२, बिहीबार १८:२०
प्रकासित समय : १८:२०
काठमाडौं, काठमाडौंमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ ।
ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका–१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।
दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका विरामी उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ओममा ल्याइएको थियो । आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।