वातावरणमैत्री विकासमा कलम चलाउन पत्रकारहरूलाई आग्रह
देउखुरीको भालुवाङमा विकासमा पत्रकारिताको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले वातावरणमैत्री विकासमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा बुधबार दाङ देउखुरीको भालुवाङमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरूले यस्तो कुरामा जोड दिएका हुन् ।
सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेलले विकासमा पत्रकारहरूले सत्यतथ्य समाचार खोजी गरी समाजलाई सुसूचित गर्नुपर्ने बताएका छन् । त्यस्तै उक्त कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै नागरिक समाज देउखुरीका संयोजक दामोदर भण्डारीले राष्ट्रको चौथो अंगको रूपमा पत्रकारिता क्षेत्र समाजको ऐना हो । साथै समाज रूपान्तर र विकासका लागि यसले निडर निर्भिक भई कलम चलाउनुपर्ने बताएका छन् ।
उनले पत्रकारिता स्वच्छ र निष्पक्ष हुनुपर्ने समेत बताए । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का पार्षद महेश रिजालको अध्यक्षतामा तथा देउखुरी टुडे राष्ट्रिय साप्ताहिकका प्रकाशक र श्दक सन्तोषकुमार गुप्ताको स्वागत एवम् बिषय प्रवेशबाट सुरू भएको कार्यक्रमकामा राप्ती नदी तथा पर्यावरण संरक्षण समितिका संयोजक टोपबहादुर कार्की, भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे, भालुवाङ खानेपानी तथा सरसफाई समितिका अध्यक्ष हस्तबहादुर गुरूङ, पत्रकार अर्जुन अधिकारी, समाजसेवी तथा बुद्विजिवी बहादुरकर्ण के सीलगायतका वक्ताहरूले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।