बुधबार थपिए ३८१ कोरोना संक्रमित, १३० जना डिस्चार्ज
प्रकासित मिति : २०७७ श्रावण २१, बुधबार १६:२८
प्रकासित समय : १६:२८
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १५ हजार १५६पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३० जना उपचारपछि डिस्चार्ज भएका छन् । मुलुकभर ६ हजार १७४ सक्रिय सङ्क्रमित छन् । आज ६ हजार ३५९ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ ।