नेकपा अछामद्धारा मनपरी रुपमा ब्याज असुली गर्ने एनआरएन वितियसंस्था विरुद्ध कारबाही
मंगलसेन, नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी अछामले जिल्लामा मनपरी ब्याज र किस्ता उठाएको भन्दै एनआरएन वितिय संस्थाहरुलाई कारबाहीको गरेको छ ।
मंगलबार जिल्ला इन्चार्ज नवीन र सेक्रेटरी आखिरले एक विज्ञप्ति जारी गर्दै मंगलसेन नगरपालिका वडां नं. १४ कालागाउँमा उक्त एनआरएन माईक्रोफाइनान्स संस्थाले ब्याज र किस्ता उठाइराखेको बेला नेकपाका कार्यकर्ताले जनताको सहभागीतामा उठाउन नदिएर फिर्ता पठाएको वताएका हुन् ।
साथै पार्टीको निर्देशनलाई अटेर गरेर एनआरएन भन्ने माइक्रो फाइनान्सले जनताबाट १८ देखि २५ प्रतिशतसम्म ब्याज असुलेको भन्दै उक्त फाइनान्सलाई गाउँबाट फिर्ता पठाइएको उल्लेख गरेका छन् ।
त्यस्तै विज्ञप्ति मार्फत जिल्ला स्थित विभिन्न बैङ्क र वित्तीय संस्थालाई जबर्जस्ती ब्याज र किस्ता नउठाउन निर्देशन समेत जारी गरेको छ ।
उक्त पार्टीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘बिभिन्न माइक्रोफाइनान्स र वित्तीय संस्थाका नाममा जनताबाट १८ देखि २५ प्रतिशतसम्म ब्याज असुल्ने र विभिन्न सेवाशुल्कका नाममा गाउँका अशिक्षित र सोझासीधा जनतालाई लुटिरहेका छन् । यस्ता सम्पुर्ण गतिविधि रोक्न र जनता नसताउन हाम्रो पार्टीले पटकपटक भन्दै आएको छ । अझै पुनः यस्ता गतिविधि रोक्न सचेत गराउँछौँ ।’
साथै आफ्नो पार्टीको आदेश अटेर गर्दै गए पार्टी आवश्यक जनकारबाही गर्न बाध्य हुने कुरा उल्लेख गरिएको छ ।
यस्तो छ विज्ञप्ति