प्रेमीकै अगाडि प्रेमिकाको सामूहिक बलात्कार, दुई पक्राउ दुई फरार

भालुवाङ, दाङको देउखुरीमा प्रेमीकै अगाडि प्रेमिकाको सामुहिक बलात्कार भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँबस्ती मसुरीयाकी १७ वर्षिया युवतीलाई राप्ती गाउँपालिका वडा नम्बर ४ का अन्दाजी २५/२६ वर्षका अर्जुन विक, सोही वडाका २७/२८ वर्षका प्रकाश नेपाली, २३/२४ वर्षका इसव जिसी र १९/२० वर्षका भुपाल थापामगरले बलात्कार गरेको पिडित युवतीले बताएकी छिन् ।

पिडित युवती आफ्नो १९ वर्षिय प्रेमीसँग गत साउन १६ गते दिउँसो घर नजिकको शान्ति सामुदायिक वन र घण्टदेव सामुदायिक वनको सिमानाको जंगलमा घुम्न गएका बेला ४ जनाको समुहमा आएका ती युवाहरूले पिडित युवतीकी प्रेमीलाई कुटपिट गरि घाइते बनाएर बलात्कार गरेको पिडित युवतीले जानकारी दिएकी छिन् ।

दोषी मध्ये अर्जुन विकले ती युवतीको मुखमा करिव एक घण्टासम्म जबर्जस्तीकरणी गरेकाे  बताएकी छिन् । पिडित युवतीले दिएको जानकारी अनुसार उनी त्यो दिन महिनावारी भएकोले कपडामा रक्तश्राप भएपछि प्रेमीलाई भनेर जंगलमा रहेको बगिया खोलामा नुहाउन गएकी थिइन् । नुहाएर कपडा चेन्ज गर्ने बेला एक्कासी आएको युवा टोलीले प्रेमीलाई कुटेर घाइते बनाई बलात्कार गरेको बुझिएको छ ।

दाई मलाई यस्तो नगर्नु म तपाईको बहिनी जस्तो मान्छेलाई यस्तो किन गर्नु हुन्छ । लाज लाग्दैन भन्दा भन्दै सेक्स गर्न नदिए मार्छु काट्छु भन्दै जवरजस्ती गरेको पिडित युवतीले बताएकी छिन् । यस्तै ति बलात्कारी युवाको कुटाइबाट पिडित युवतीकी प्रेमीको शरिरै भरि निलडाम र चोट लागेको छ । घटना भएको दिन प्रहरी घटना स्थलमा आएपनि सामान्य सोधपुछ गरेर गएको बताइएकाे छ।

पिडित युवतीकी बुवा आमा काठमाडौंमा होटल व्यवसयी गरी बसेकोले घटना घटेको दिन उनकी आमा आउन नसकेपनि र्को दिन अर्थात साउन १७ गते पिडितकी परिवार, युवतीकी प्रेमी र अन्य व्यक्ति इलाका प्रहरी कार्यालय भालुवाङमा जाहेरी दिन गएपनि त्यो दिन पनि प्रहरीले आलटाल गरि जाहेरी दर्ता नगरेपछि पुन अर्को दिन अर्थात साउन १८ गते मात्र प्रहरीले ४ जनाको नाममा जाहेरी गरेको र त्यो दिन मात्र पिडित युवतीको स्वास्थ्य परिक्षण भएको पिडित युवतीकी आमाले जानकारी दिएकी छिन् ।

बलात्कार जस्तो जघन्य अपराधका अपराधीहरूलाई प्रहरीले बचाउन खोजेको र जाहेरी दर्ता गर्न आँलटाल गर्नु प्रहरी माथिनै शंका उत्पन्न भएको पिडित पक्षले आरोप लगाएको छ । बलात्कारी मध्ये अर्जुन विक फरार छन् । भने अन्य ३ जना बलात्कारी युवा गाउँमा खुलेयाम हिडे पनि उनीहरूलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन । यता पिडित युवती उनकी आमा र युवीकी प्रेमीले बलात्कारीहरूलाई फाँसीको सजाय वा आजिवन कैदको माग गर्दै छिटो भन्दा छिटो न्याय दिन माग पनि गरेका छन् ।

तर तिनै समाजका केही समाजसेवी बुद्धिजीवी भन्नेहरू र दोषीहरूका परिवारले यो केसलाई गाउँघरमा मिलाउन दवाव दिइरहेको बुझिएको छ । यता यस विषयमा ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक गंगाबहादुर सारूमगर सँग बुझ्दा जाहेरी दर्ता भई दोषीहरू माथि जवरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता भइसकेको र पक्राउ पुर्जी आएपछि मंगलबार प्रहरीले इसव जिसीलाई तुलसीपुरबाट फर्किदै गर्दा बाटो बाटै र भुपाल थापामगरलाई प्युठान स्थित मामा घरबाट पक्राउ गरेको प्रहरी निरिक्षक सारूमगरले जानकारी दिएका छन् ।

फरार २ जनालाई प्रहरीले खोजी रहेको र अहिले पनि प्रहरी फिल्डमानै रहेको बताउँदै खोजी कार्यमा सहयोग गर्न प्रहरी निरिक्षक सारूमगरले सवैमा आग्रह गरेका छन् ।