एकै परिवारका १४ जना कोरोना संक्रमित भेटिएपछि रंगेली बजार बन्द

काठमाडौँ, मोरङ जिल्लाको रंगेली नगरपालिकामा एकै परिवारका १४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएसँगै स्थानीय तहले रंगेली बजार मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरेको छ । रंगेली नगरपालिकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अस्पताल पनि पूर्ण रुपमा बन्द गरेको छ।

कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एकै परिवारका १४ जनामा कोरोना पुष्टि भएको हो । सामान्य स्वास्थ्य अवस्था भएका उनीहरु कसरी र कहाँबाट संक्रमित भए भन्ने खुल्न सकेको छैन ।