समयमा उपचार नपाउँदा जाजरकोटको बाटुलेमा एक सुत्केरीको मृत्यु
प्रकासित मिति : २०७७ श्रावण २०, मंगलवार ०९:०३
प्रकासित समय : ०९:०३
जाजरकोट,जाजरकोटको कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति थापा पुनको सुत्केरी भएको बेला उच्च रक्तस्राबका कारण मृत्यु भएकाे छ । सुत्केरी भएकाे केहि घण्टापछि मृत्यु भएको हाे ।
सोमबार बिहान छोरा जन्माएकी पशुपतिको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको आफन्तले जनाएका छन । बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो । सालनाल निकाले लगत्तै बेहोस भएपछि उनको मृत्यु भएको आफन्त कमल थापाले बताए ।
शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण उनको मृत्यु भएको श्रीमान् अमृत पुनले बताए । उनका अनुसार नवजात शिशुको अवस्था भने सामान्य छ ।