सशस्त्रका डीएसपीसहित १३१ जनामा कोरोना संक्रमण

काठमाडौं, मुलुकका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका १३१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा एकजना डीएसपी पनि छन् । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार संक्रमितमा काठमाडौंका १, बाराका १, झापाका ३३ र अन्य सबै इलामका छन् । जसमध्ये ६८ जना डिस्चार्ज भइसकेका छन् ।

डीआईजी अर्यालका अनुसार संक्रमितको उपचारसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको स्वास्थ्य जाँचलगायत प्रक्रिया जारी छ । उनले संक्रमण देखिएका स्थानमा विभिन्न अन्य युनिटबाट कामकारबाहीका लागि टोली परिचालन गरिएको छ ।