लमजुङको माछापोखरीमा डुबेर एक बालकको मृत्यु
प्रकासित मिति : २०७७ श्रावण २०, मंगलवार ०९:०९
प्रकासित समय : ०९:०९
लमजुङ ,लमजुङमा माछापोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। सुन्दरबजार नगरपालिका स्थित कृषि क्याम्पस आडमा रहेको माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर सुन्दरबजार ६, पुरानोडिहीका १३ वर्षीय अविनाश विकको ज्यान गएको प्रहरीले जनाएको छ।
लेदोसहितको २ फिट पानी जमेको माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर अचेत भएका बालकको उद्धार गरी उपचारका लागि कर्मदा हस्पिटल पुर्याइएको थियो। उनको पोष्टमार्टमका लागि शव जिल्ला सामुदायिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय, भोटेओडारका प्रमुख एवम् प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जानकारी दिए।