बाँकेमा शनिबारसम्मका लागि निषेधाज्ञा लम्बियो
प्रकासित मिति : २०७७ श्रावण २०, मंगलवार १६:४५
प्रकासित समय : १६:४५
नेपालगञ्ज , बाँके संक्रमणको दर बढ्दै गएपछि बाँकेमा आईतबारदेखी लागु गरिएको निषेधाज्ञाको अवधि बढाईएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदाय स्तरमै कोरोना पोजिटिभ केस बढ्दै गएकोले मंगलबार बसेको जिल्ला संकट ब्यवस्थापन समिति (डिसिसीएमसी) को बैठकले आइतबारदेखि जारी निषेधाज्ञा आउँदो शनिबार राती १२ बजे सम्मकालागि लम्ब्याउने निर्णय गरेको जानकारी दिए ।
यसअघि आईतबारदेखी लागु गरिएको निषेधाज्ञाको अवधि मंगलबार राती १२ बजेबाट सकिदैं थियो । नयाँ निर्णय अनुसार आगामी शनिबार राती १२ बजेसम्म बाँके जिल्लाभर निषेधाज्ञा लागु हुने भएको छ ।