देउवासहित बालुवाटारमा प्रधानमन्त्रीले शुरु गरे विज्ञसँग छलफल
काठमाडौं, कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि रोकथाम तथा न्यूनीकरणको उपाय खोज्न प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विज्ञहरुसँग छलफल शुरु गरेका छन् । विभिन्न विज्ञसहित छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी दलका नेता महन्त ठाकुर पनि सहभागी छन् ।
बैठक सीसीएमसीका पदाधिकारीको पनि सहभागिता रहेको छ । राजधानी काठमाडौंमा पनि कोरोना संक्रमण फैलिँदै गएपछि सरकारको आगामी कदमबारे प्रधानमन्त्रीले विज्ञहरु र शीर्ष नेताहरुसँग राय लिन खोजेका हुन् ।
स्वास्थ्य क्षेत्रका विज्ञ र विपक्षी दलका नेताहरुसँगको परामर्शमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले प्रस्तुत गरेको प्रतिवेदनअनुसार हाल प्रतिदिन १८ हजारसम्मको परीक्षण गर्न सक्नेगरी ल्याब स्थापना गरिएको छ भने ४ लाखको पीसीआर टेस्ट भएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा २० हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाबाट ५७ जनाको मृत्यु भएको छ