थुनुवामा संक्रमण देखिएपछि ईलाका प्रहरी कार्यालय कोहलपुर सिल

काेहलपुर, बाँके थुनुवामा संक्रमण देखिएपछि ईलाका प्रहरी कार्यालय कोहलपुर सिल गरिएको छ । प्रहरी कार्यालयमा रहेका एक जना थुनुवामा कोरोना पोजेटिभ देखिएपछि कार्यालय सिल गरिएको हाे ।

साउन १४ गते ल्याईएका एक थुनुवामा कोरोना संक्रमण देखिएपछि सिल गरिएकाे  ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख कुलदिप चन्दले जानकारी दिए ।

कार्यालयभित्रका आन्तरिक गतिविधिहरु संचालन गरीएपनि अन्य कामकारवाहीकालागि जिल्लाबाट प्रहरीको एक टोलीलाई कोहलपुर झिकाइएको चन्दले बताए । चन्दका अनुसार भोली बुधबार ईप्रका कोहलपुरका सबै प्रहरी, कर्मचारी तथा थुनुवाहरुको स्वाव संकलन गर्ने तयारी गरीएको छ ।