थप २५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार नाघ्यो
प्रकासित मिति : २०७७ श्रावण २०, मंगलवार १६:३७
प्रकासित समय : १६:३७
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा ७ हजार ६८७ जनामा गरिएको पिसिआर परीक्षणमा क्रममा २५९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मंगलबार ६५ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म १५ हजार २६ जना उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म ५८ जना संक्रमितको मृत्यु भएको छ ।