काठमाडौंमा ४८ सहित उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज मंगलबार कोरोना भाइरसका ६२ जना संक्रमित थपिएका छन्। उपत्यकाका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा काठमाडौंका ४८ जना, भक्तपुरका १३ जना र ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।

हिजो उपत्यकामा ५१ जना संक्रमित थपिएका थिए। त्यसैगरी आइतबार ३१ जना संक्रमित थपिएका थिए। आज (मंगलबार) देशभर कोरोना भाइरसका २५९ जना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा २५९ जनामा संक्रमण पुष्टि भएको हो।

देशभर काेराेना संक्रमितकाे संख्या २१ हजार ९ पुगे पनि १५ हजार २६ जना भने संक्रमणमुक्त भइसकेका छन्। अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ९२५ छ । स्वास्थ्य मन्त्रालयका अनुसार आजको दिनमा देशभरका क्वारेन्टिनमा १०४५२ जना छन् भने ५९२५ जना आइसोलेसनमा छन्। हालसम्म ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।