अख्तियारका १५ जना कर्मचारीमा कोरोना पोजिटिभ
प्रकासित मिति : २०७७ श्रावण २०, मंगलवार १५:३८
प्रकासित समय : १५:३८
काठमाडौँ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीहरुमा कोरोना पोजिटिभ देखिएको छ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार १ सय ८२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो ।
आज महाशाखाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यरत सबैको स्वाब संकलन गर्ने तयारी गरेको छ ।