सरकारले दियो ७५ प्रतिशत छुटमै कर बुझाउने मौका
देउखुरी, देउखुरीकाे गढवा-१ चिसापानीका द्रोणलाल जैसीले डेढ घण्टा पैदल हिडेर कालाकाटेमा आई आफ्नो ब्यवसायको कर बुझाउन पाउँदा निकै खुसी हुनुभयो । कोभिड १९ बाट ब्यवसायीहरु प्रभावित भएको मध्यनजर गर्दे आयकरमा नेपाल सरकारले ७५ प्रतिशत छुट गरेकोमा आफू निकै खुसी भएको उहाँले बताउनुभयो ।
त्यस्तै राजपुर गाउँपालिकाको जंग्रहवामा होटल व्यवसाय संञ्चालन गर्दे आउनुभएका पप्पु झाँले कर बुझाउन तुलसीपुर जानुपर्ने बाध्यता टरेर घरदैलोमै शिविर आएकोमा खुसी हुदै आयकर र अन्तशुःल्क बुझाउनुभयो । राजपुरको मरारी खोलाबाट जंग्रहवामा आई देव किराना पसलका प्रोपाइटर देवबहादुर घर्तीले गाउमै कर बुझाउन पाउँदा निकै राहत भएको महसुस गर्नुभयो ।
त्यसो त गढवा ६ मा साथी च्याउखेती उद्यम फर्म संञ्चालन गर्नुभएकी सबिना खातुनले गतबर्ष १५ सय कर बुझाएको तर यसबर्ष भने जम्मा ६ सय २५ आयकर बुझाउनु पर्दा सरकारको प्रशंसा गर्नुभयो । कोभिड १९ का कारण हाम्रा ब्यवसाय ठप्प थिए सरकारले साना ब्यवसायीहरुलाई आयकर छुट दिने निर्णय गरेकोमा उहाँहरु जस्तै कर बुझाउन आएका सबै जसो ब्यवसायीहरुले सरकारले बिवेकपूर्ण निर्णय गरेको भन्दै खुसी प्रकट गर्नुभयो ।
तुलसीपुर जान नपर्ने गरी स्थानीय उद्योग बाणिज्य संघहरुलाई कर कार्यालयले जिम्मा दिएको निकै राम्रो काम भएको शिविरमा उपस्थित ब्यवसायिहरुले भने–गाउँघरमै आयकर र अन्तरशुल्क बुझाउन पाइयो त्यत्तिमात्र होइन करचुक्ता पनि एक महिना भित्र हाम्रै घरदैलोमा आउने ब्यवस्था मिलाएकोमा उद्योग बाणिज्य संघपनि ब्यवसायीहरुको धन्यवादको पात्र बनेको ब्यवसायीहरुले बताएका छन् ।
गढवा उद्योग बाणिज्य संघको आयोजना र आन्तरिक राजश्व कार्यालय तुलसीपुरको समन्वय तथा सहकार्यमा देउखुरीका दुई गाउँपालिका गढवा र राजपुरमा साना ब्यवसायीहरुलाई कर बुझाउने ५ दिने शिविर संञ्चालन भै सम्पन्न भएको छ । गढवा गाउँपालिकाको काटे,पचाहा र गढवाबजारमा तथा राजपुरको जंग्रहवामा गरी ५ दिनसम्म कर शिविर संचालन गरिएको गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले जानकारी दिनुभयो ।
प्रत्येक बर्ष आन्तरिक राजश्व कार्यालय तुलसीपुरमा व्यवसायहरू कर बुझाउन जाँदा निकै कष्ट बेहाेर्नुपर्ने समस्यालाई मध्यनगर गर्दै संघले नै यस बर्ष देखि कर कार्यालयकाे सेवा दिंदै आएकाे आचार्यले बताउनु भयाे । अब कुनै व्यवसायलाई यस बर्ष कर बुझाउन कै लागि तुलसीपुर जानुपर्दैन अध्यक्ष आचार्यले बताउनुभयाे । उवासंघले दुई दिन सम्म गढवाको कालाकाटे र पचाहा र एक दिन राजपुरकाे जग्रहवामा शिविर सञ्चालन गरी सेवा दिएकाे अध्यक्ष आचार्यले बताउनुभयाे ।
गाउँमै शिविर सञ्चालन गरेर यसरी यी सेवा दिन हामी गाउँमा पुग्दा व्यवसायहरू पनि निकै हर्षित हुनुभएकाे छ, अध्यक्ष आचार्यले बताउनुभयाे । कालाकाटेको टिममा बरिष्ठ उपाध्यक्ष खिमबहादुर बुढामगर र राजपुरको टोलीमा अध्यक्ष रविलाल आचार्यको नेतृत्व रहेको थियो भने गढवाको टोलीमा पदाधिकारी सहित सबैको उपस्थिती रहेको संघले जनाएको छ ।
देउखुरीका चार स्थानमा राखिएको शिविरबाट कुल एक हजार १९ जनाले सेवा लिएको उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष खिमबहादुर बुढामगरले जानकारी दिनुभयो । जस अनुसार ७७ जनाले अन्तशुःल्क बुझाएको, २ सय ९३ जनाले आयकर बुझाएको र ६ सय ४९ जना ब्यवसायीहरुले ब्यवसाय दर्ता तथा नविकरण गरेको बरिष्ठ उपाध्यक्ष बुढामगरले बताउनु भयाे ।
शिविरमा अन्तशुःल्कबाट ३ लाख ४६ हजार ५ सय र आयकरबाट १ लाख ८३ हजार १ सय २५ गरी ५ लाख २९ हजार ६ सय २५ नेपाल सरकारको राजश्व संकलन भएको उद्योग बाणिज्य संघले जनाएको छ । यसैगरी गढवा उद्योग बाणिज्य संघका ६ सय ४९ जनाले ब्यवसाय दर्ता तथा नविकरण गर्दा ३ लाख ८९ हजार ४ सय रुपैयाँ संकलन भएको उद्योग बाणिज्य संघले जनाएको छ ।