सुदूरपश्चिममा थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १,४६१
प्रकासित मिति : २०७७ श्रावण १९, सोमबार १५:२९
प्रकासित समय : १५:२९
काठमाडौँ, सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा कैलालीका ९ जना, कञ्चनपुरका ७ जना र अछामका ४ जनामा संक्रमण देखिएको हो ।
योसँगै, प्रदेशमा संक्रमितको संख्या १ हजार ४६१ पुगेको छ । हालसम्म १ जनाको मृत्यु भएको छ भने ८१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।