ओली प्रचण्ड बार्ता जनै पूर्णिमाको शुभकामना साटासाट गर्दै टुंगियो
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डुबीचको बैठक पुर्णिमाको शुभकामना साटासाट गर्दै सकिएको छ । पार्टी भित्र देखिएको विवाद समाधानका लागि सोमबार बिहान बालुवाटारमा बसेको बैठक विना निष्कर्ष सकिएको हो ।
दुई अध्यक्षसहित सहभागी अन्य नेताबीच जनैपूर्णिमाको शुभकामना साटासाट भएसँगै बैठक ९ बजेबाट प्रारम्भ भएको भएको थियो । बैठकमा ओली र प्रचण्डले आ आफ्नो प्रस्ताव राखेका थिए ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङलाई ुसाक्षिु राखेर बसेको बैठकमा ओलीले पार्टी विवादको समाधान सचिवालय बैठकबाट गर्नुपर्ने प्रस्ताव राखेको बालुवाटार स्रोतले जनाएको छ ।
यता, प्रचण्डले भने स्थायी कमिटी बैठकलाई अलपत्र छोडेर सचिवालय बैठक जान नसकिने अडान लिएका छन् । दुवै अध्यक्षले आ आफ्नै अडान लिएपछि बैठक विना निष्कर्ष टुगिंएको बताइएको छ ।

