सोमबार बाँकेमा थप ११ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ श्रावण १९, सोमबार १४:५१
प्रकासित समय : १४:५१
नेपालगन्ज, बाँके भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँके नेपालगन्ज १ का ४७ बर्षिय पुरुष (जनप्रतिनिधि) र नेपालगन्जका ५९ बर्षिय अर्का पुरुष गरी दुई जना र रुकुम पश्चिम सिस्ने ५ का ३९ बर्षिय पुरुष र २२ बर्षिया महिला, पुठा ७ र ८ का २८ र २७ बर्षिय एक/एक पुरुष, भुमे २, ४ र ९ का २६, २८ र २५ बर्षिय एक/एक पुरुष गरी ७ जनामा कोरोना पुष्टि भएको हो ।
अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १ सय ९५ स्वाबको नमुनामध्ये, ९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।