बाँके राष्ट्रिय निकुञ्जका प्रमुखसहित २ जना अख्तियारको नियन्त्रणमा

बाँके,  बाँके राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

स्रोत नखुलेको रकमसहित कार्यालयको बा.२ झ १८७३ नम्बरको गाडीमा बुटवलतर्फ आउँदै गरेको सूचनाका आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिगएको टोलीले भट्टराई र रोकायबाट स्रोत नखुलेको तीन लाख ४८ हजार रुपैयाँ र बिभिन्न मितिको बैंक भौचर रु पाँच लाख ५० हजार गरी आठ लाख ९८ हजार रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई सोमबार सैनामैना नगरपालिका–१० रुपन्देहीबाट नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको अख्तियारले जनाएको छ ।