बाँकेमा आज १ जना कोरोना मुक्त भएर घर जाँदै
प्रकासित मिति : २०७७ श्रावण १९, सोमबार १४:४२
प्रकासित समय : १४:४२
नेपालगन्जका,बाँके थप १ जना कोरोना संक्रमित निको भएका छन । कोरोनाबाट मुक्त भइ सोमबार ती संक्रमित घर जाँदैछन ।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, आइसोलेसन सेन्टर आदर्शनगर नेपालगन्जबाट नेपालगन्ज १९ का २० बर्षिय पुरुष कोरोना मुक्त भइ घर जान लागेका हुन ।
यो सङ्गै जिल्लामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ सय८८ पुगेको छ ।