गण्डकीमा थप ५ जनामा कोरोना पुष्टि

काठमाडौँ ,गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा प्रदेशमा ५ जना नयाँ संक्रमित थपिएका हुन् 

संक्रमित हुनेमा कास्कीका ४ जना स्याङ्जाका १ जना रहेका छन् । संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र आईसोलेसनमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ५२९ पुगेको छ । जसमा एक हजार ३३० जना उपचारपछि निको भैसकेका छन् ।