उपमहानगरपालिकामा कोरोना ; अधिकृतसहित ६ जनामा संक्रमण
प्रकासित मिति : २०७७ श्रावण १९, सोमबार १६:४८
प्रकासित समय : १६:४८
नेपालगन्ज,बाँके उपमहानगरपालिकाका थप ६ जना कर्मचारीमा काेराेना पुष्टि भएकाे छ । भेरी अस्पताल नेपालगन्जमा भएकाे परीक्षणमा उपमहानगरपालिकाका अधिकृत लगायत ६ सहित नाै जनामा काेराेना पुष्टि भएकाे हाे ।
संक्रमण देखिएकाहरूमा एक जना अधिकृत, सरसफाई शाखा प्रमुख, वडा सचिव, अाईटी ईन्जिनियर, कम्प्युटर अपरेटर, कर्मचारी, जग्गा व्यवसायी र पसले छन ।
बाँकेका काेराेना फाेकल पर्सन नरेश श्रेष्ठका अनुसार तीन जनामा स्वास्थ्य समस्या देखिएकाे छ । उनीहरू सबैलाई अाईशालेशनमा राखिएको छ ।