स्वास्थ्यकर्मी विष्टद्वारा भालुवाङकी घाइते एक सय वर्षीय वृद्वाको निशुल्क उपचार
भालुवाङ , दाङ देउखुरीका एक स्वास्थ्यकर्मीले घाइते एक सय वर्षिया वृद्वा आमाको निशुल्क उपचार गरिदिने भएका छन् ।
साउन १६ गते राती राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोक स्थित शिवालय मन्दिरमा अाश्रय लिई कुटीमा बस्दै अाएकी पुरानो घर डोटी जिल्ला बताउने १ सय वर्षिया वृद्घा अामा पारसी गिरी माथि विगत केहि वर्ष देखि भालुवाङ पुल्चोकमा बस्दै अाएको तुलसीपुर, बिजौरी घर बताउने अन्दाजी १६/१७ वर्षको विवेक विश्वकर्मा नाम बताउने एक सडक बालकले कुटीमा पसेर नङन बनाई आक्रमण गरि घाइते बनाएको थियो ।
तिनै घाइते आमालाई राप्ती गाउँपालिकाको सिसहनियाँमा रहेको विष्ट स्वास्थ्य पोलिक्लिनीक प्रालिका सञ्चालक तथा स्वास्थ्यकर्मी प्रकाश विष्टले एक्सरे सहित सन्चो नहुँदा सम्म सम्पूर्ण उपचार अाफैले गर्ने बताएका छन् । घाइते वृद्वा अामाको घाँटी , छाती , अनुहार , पेट र खुट्टामा गहिरो चोटपटक लागेको छ पत्रकार ओमप्रकाश गुप्ताले खवर पठाउनु भएको छ । दुख,पिडामा परेका तथा असाहाय गरिव दिनदुखीको सेवा गर्न रूचाउने विष्ट साँच्चिकै मनका धनी मात्र नभएर समाजमा रूचाइएका व्यक्ति पनि हुन् ।