भारतमा विषाक्त रक्सी खाँदा ८६ जनाको मृत्यु
प्रकासित मिति : २०७७ श्रावण १८, आईतवार ०९:२८
प्रकासित समय : ०९:२८
विषाक्त मदिरा सेवनबाट भारतको पञ्जाबमा मृत्यु हुनेको संख्या ८६ पुुगेको छ। विषाक्त मदिरा सेवनका कारण नागरिकहरुको मृत्यु हुन थालेसँगै प्रहरीले गैरकानूनी मदिरा उत्पादनलाई कडाई गरेको छ।
पञ्जाब प्रहरीले गैरकानुनी रुपमा मदिरा उत्पादन गर्ने एक सय भन्दा बढी भट्टीमा छापा मार्नुका साथै २५ जना भन्दा बढीलाई पक्राउ गरेको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन्। बिषाक्त मदिरा सेवनबाट भारतको पञ्जाब राज्यमा बिगत केही दिनदेखि मृत्यु हुनेको संख्या बढेको त्यहाँको प्रहरीले बताएको छ।
मृतकको संख्या बढेपछि पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिहंले घट्नाको अनुसन्धान गर्न निर्देशन दिएका छन्। भारतमा बिषदीयुक्त मदिरा सेवनबाट बर्षेनी लाखौ मानिसको मृत्यु हुने गरेको भारतिय संचार माध्यमहरुले जनाएका छन्।