मोटरसाइकल ठोक्किए दुई जनाकाे मृत्यु

काठमाडौं ,सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

शनिबार साँझ लालबन्दी नगरपालिका–१७ घिमिरे चोकमा मोटरसाइकल ठोक्किँदा घाइते भएका लालबन्दी नगरपालिका–५ का ५० वर्षका ब्रह्मदेव चौधरी र रौतहट ईशनाथ नगरपालिका–७ का ५५ वर्षका नन्दकिशोर शाहको अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ। एक जना घाइते भएका छन्।

घाइतेको उपचारका लागि धनुषा पठाइएको छ। मृत्यु हुनेमा दुवै मोटरसाइकलका चालक हुन्। प्रदेश २–०३००३ प ६६८९ र ज १ प २३३ नम्बरको मोटरसाइकल ठोक्किएको हो।