पर्सामा थप ४५ जनामा कोरोना संक्रमण

काठमाडौं , पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको परीक्षणमा शनिबार राति थप ४५ जनामा संंक्रमण पुष्टि भएको हो।

ती मध्ये १४ जना महिला रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए। संक्रमित हुनेमा वीरगञजका मेयर विजयकुमार सरावगी श्रीमती र छोरीमा पनि संक्रमण पुष्टि भएको छ।

अन्य संक्रमितमध्ये वीरगञ्ज ड्राइपोर्ट ठेगाना भएका ५ जना पुरुष, वीरगंज–४ विर्ताका कन्ट्याक्ट् ट्रेसिङमा परेका १४ जना, वीरगञ्ज–११ राधेमाइका १८ जना, वीरगञ्ज–१३ चिनी मिलका ४ जना, वीरगञ्ज–३ छपकैया वडा न ४ भगवती टोल, वडा नं २२ मनियारी, ठोरी–३ निर्मलवस्ती, सखुवा प्रसौनीका १–१ गरी कूल ४५ जना संक्रमित थपिएको नारायणी अस्पतालले जनाएको छ।