दुई चिकित्सक सहित बाँकेमा १२ जनामा कोरोना संक्रमण

  नेपालगञ्ज,  बाँकेमा आईतबार चिकित्सक सहित ९ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा मिलिटिरी अस्पताल राँझाका चिकित्सकमा कोरोना देखिएको हो ।

अस्पतालबाट संकलित स्वाव परीक्षणमा चिकित्सक सहित ३ जनामा संक्रमण देखिएको छ । यसैगरी जिल्ला अस्पताल बाँकेबाट संकलन गरिएको स्वाव परीक्षणमा ५ जनामा कोरोना देखिएको छ । अदालतमा यसअघि एकजनामा कर्मचारीमा कोरोना देखिएको थियो । भेरी अस्पतालका अनुसार खजुराका एकजनामा समेत कोरोना देखिएको छ ।

कैलाली टिकापुरका एकजना चिकित्सक सहित दुईजनामा पनि संक्रमण देखिएको छ । दांगस्थित आर्मीको फिएका एकजनामा पनि कोरोना देखिएको छ । भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा आईतबार १२ जनामा संक्रमण देखिएको छ । बाँकेमा समुदायस्तरमा कोरोना देखिएपछि आईतबारदेखि ३ दिने निषेधाज्ञाको आदेश जारी गरिएको छ । जिल्लाभित्र कोरोना संक्रमण देखिएको क्षेत्रमा सील गर्ने तयारी भईरहेको स्थानीय प्रशासनले जनाएको छ ।