काठमाडौंमा थप ३१ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज आइतबार कोरोनाभाइरसका ३१ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्ठामाउपत्यकाका विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका २२ जना, भक्तपुरका १ जना र ललितपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो।

हिजो शनिबार काठमाडौं उपत्यकामा ६ जना संक्रमित थपिएका थिए। पछिल्लो २४ घण्टामा देशभर २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८ हजार ८६१ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा २४६ जनामा कोरोना पुष्टि भएको हो।

यो सहित हालसम्म नेपालमा कोरोना पुष्टि हुनेको संख्या २० हजार ३३२ पुगेको छ। हाल देशभरका क्वारेनिन्टनमा १० हजार ९३४ जना छन्। त्यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पताल तथा आइसोलेसनबाट कोरोनामुक्त भएर १११ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ छ।