आज कर्णाली प्रदेशमा थपिएनन् संक्रमित
प्रकासित मिति : २०७७ श्रावण १८, आईतवार १६:५०
प्रकासित समय : १६:५०
काठमाडौं, पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशका कुनै पनि जिल्लामा कोरोना संक्रमित थपिएनन्। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका कुनै पनि प्रयोगशालमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ भेटिएनन्।
कर्णाली प्रदेशमा ५ वटा प्रयोगशालामा कोरोना परीक्षण हुँदै आएको छ। प्रदेशमा कुल १ हजार ९३९ जनामा कोरोना पुष्टि भएकोमा हाल २११ सक्रिय संक्रमित छन्।
अहिलेसम्म १ हजार ७२२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन्। पछिल्लो २४ घण्टामा भने कुनै पनि अस्पतालमा रहेका बिरामी कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छैनन्। प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ६ जनाको मृत्यु भएको छ।