९ महिने बालिकासहित ५३ जनामा कोरोना संक्रमण

काठमाडौँ ,सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार ९ महिने बालिकासहित बझाङका २३ जना र कैलालीका ३० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा बझाङ जिल्लाको छब्बिसपाथिभरा गाउँपालिकाका १ महिला र २ पुरुष, मष्टा गाउँपालिकाका १ महिला र १ पुरुष, दुर्गाथली गाउँपालिकाका २ महिला र १ पुरुष, थलारा गाउँपालिकाका ९ महिनेबालिका सहित ४ महिला र ५ पुरुष रहेका छन् भने जयपृथ्वी नगरपालिकाका ५ जना पुरुष छन् । यस्तै, कैलालीको भजनी नगरपालिकाका १ महिला र २ पुरुष रहेका छन् भने गोदावरी नगरपालिकाका १० जना महिलार १७ पुरुष रहेका छन् ।

योसँगै, प्रदेशमा संक्रमितको संख्या १ हजार ४१८ पुगेको छ । हालसम्म १ जनाको मृत्यु भएको छ भने ७८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।