विश्वमा २४ घण्टामा थपिए दुई लाख ९२ हजार नयाँ कोरोना संक्रमित
एजेन्सी, पछिल्लो २४ घण्टामै विश्वभर दुई लाख ९२ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबार मात्रै विश्वभर २ लाख ९२ हजार ५२७ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका हुन् । अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा धेरै सङ्क्रमित थपिएका संगठनले जनाएको छ । ६ हजार ८१२ जनाको भने ज्यान गएको छ ।
यसअघि गएको ९ गते २ लाख ८४ हजार भन्दा धेरै नयाँ सङ्क्रमित थपिएका थिए । हिजो मात्रै ब्राजिलमा सबैभन्दा धेरै ६९ हजार ७४, अमेरिकामा ६५ हजार ४०६, भारतमा ५५ हजार ७८, दक्षिण अफ्रिकामा ११ हजार ४६ र कोलम्बियामा हजार ६७० जना थपिएका डब्लूएचओले जनाएको छ ।
डब्लूएचओका अनुसार अहिलेसम्म कोरोना सङ्क्रमणका कारण अमेरिकामा १ लाख ५३ हजार, ब्राजिलमा ९२ हजार, मेक्सिकोमा साढे ४६ हजार, बेलायतमा ४६ हजार, भारतमा साढे ३५ हजार, इटालीमा ३५ हजार, फ्रान्समा ३० हजार र स्पेनमा २८ हजारको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।
वल्र्डओमिटरका अनुसार विश्वभर अहिलेसम्म एक करोड ७७ लाख कोरोनाका सङ्क्रमित छन् भने ६ लाख ८२ हजार जनाको ज्यान गएको छ । एक करोड ११ लाख भने उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ५९ लाखमध्ये एक प्रतिशत अर्थात साढे ६५ हजारको अवस्था जटिल भए पनि बाँकी ५८ लाखको अवस्था सामान्य छ ।
२४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?
अमेरिका -१४६२
ब्राजिल -११९१
रसिया -१६१
बेलायत -१२०
इटली -९
भारत -७६५
इरान -१९७
चिली -८०
स्पेन -२
पाकिस्तान -२७
साउदी अरेबिया- २४
मेक्सिको -६३९
टर्की -१७
बंगलादेश -२८
जर्मनी -३
फ्रान्स -११
बेलारुस -६
कुबेत -२
कतार -३
क्यानडा -६
युक्रेन -२०
बेल्जियम -४
दक्षिण अफ्रिका -१९३
कोलम्बिया -२९५
इक्वेडर -४५
स्विडेन -९
फिलिपिन्स -४०
इजिप्ट -३१
इन्डोनेसिया -७३
पानामा -२४
यूएई -२
अर्जेन्टिना -१०२
इराक -७०
डेमोसियन रिपब्लिक -१४
इजरायल -१२
पोर्चुगल -८
रोमानिया -३९
नाइजेरिया- १
अर्मेनिया -१०
अफगानिस्तान -१
होन्डुरस -५३
बहराइन -१
बोलिभिया -८६
अल्जेरिया -१०
उव्जेकिस्तान -५
मोरक्को -७
केन्या -१६
नेपाल -४
सर्बिया -८
माल्दोभ -७
किर्गिस्तान -१४
घाना -७
स्विजरल्याण्ड -१
जापान -२
अजरबैजान- ७
ग्वाटेमाला -५७
पोल्याण्ड -७
प्यालेस्टाइन -१
सुडान -२१
नर्थ मेसोडोनिया -६
मडागास्कर -१
बोस्निया -११
दक्षिण कोरिया-१
कोस्टा रिका- १०
भेनेजुयला -६
अस्ट्रेलिया -८
इथियोपिया -११
चेक्भिया -३
एल साल्भाडोर -९
आईभरी कोस्ट-२
सेनेगल-१
मलेसिया -१
हाइटी -२
अल्वानिया -३
क्रोएसिया -१
इक्वेटेरियल गुनिया -३२
मलावी -७
लिब्या -१
पाराग्वे -२
लेबनान -४
ग्रिस -३
जिम्बाबे -१४
मोन्टेग्रो -१
इस्वातिनि -१
स्लोभेनिया- १
स्लोभाकिया -१
सिरिया -२
भियतनाम -२
गाम्बिया -१
फिजी -१
यमन -६
लाटभिया -१
अंगोला -१
युगान्डा -१
टोगो -१
(एजेन्सीहरुको सहयोगमा)