भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ हजार नाघ्यो
प्रकासित मिति : २०७७ श्रावण १७, शनिबार १०:५१
प्रकासित समय : १०:५१
काठमाडौं, भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ हजार ८७० पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा ३५ हजार ७४७ कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार भारतमा ५५ हजार ७८ कोरोना संक्रमित थपिएका छन् भने ७७९ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ । लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको तथ्यांकले देखाएको छ । भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ । सबैभन्दा धेरै मृत्यु हुने देशको सूचिमा भने छैटौं स्थानमा छ ।
विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ६८ हजार ९१० को ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ७१ लाख ६ हजार ७ पुगेको छ ।