नक्कली रक्सीले लियो ३८ जनाको ज्यान

काठमाडौं, भारतको पन्जाबमा नक्कली रक्सी पिउँदा ३८ जनाको ज्यान गएको छ ।

पन्जाबको अमृतसर, बटाला र तरन तारण जिल्लामा नक्कली रक्सी पिएका ३८ जनाको ज्यानको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले घटनाको बारेमा अनुसन्धान थाल्न निर्देशन दिइसकेका छन् । उनले रक्सी बनाइने इकाइमा अनुसन्धान गर्न निर्देशन दिँदै घटनामा संलग्नलाई कडा कारबाही गर्ने बताएका छन् ।