तुलसीपुर उपमहानगरका प्रशासकीय अधिकृत उपाध्याय घुससहित पक्राउ

दाङ,  दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुससहित नागढुङ्गाबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं आउँदै गर्दा उनलाई शुक्रबार साँझ नागढुङ्गामा पक्राउ गरेको हो ।

घुस लिएर काठमाडौं आउँदै गरेको सूचनाका आधारमा आयोगको टोलीले नियन्त्रणमा लिई खानतलासी गर्दा उनीसँग एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको भौचर बरामद भएको अख्तियार स्रोतले जनाएको छ । त्यो रकम भुक्तानी बापत ठेकेदारसँग घुस लिएको अख्तियारको दाबी छ ।